Friday, May 14News That Matters

Uncategorized

२०७८ सालमा कस्तो छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०७८ सालमा कस्तो छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

Uncategorized
यो वर्ष तपाईहरुको ग्रहफल कस्तो छ ? ग्रहको अशुभ फललाई कसरी शुभ बनाउन सकिन्छ ? भन्ने विषयमा हामीले चर्चा गर्दैछौँ । यो वार्षिक राशिफल ज्यो. पण्डित वैद्यराज दीपक सुवेदीले तयार पार्नुभएको हो । नयाँ वर्ष २०७८ सालमा वृष, मिथुन, कन्या, वृश्चिक, मीन राशिको भाग्यको ढोका खुल्दैछ भने केही राशिको भाग्य मिश्रित देखिएको छ । अब हेरौँ १२ राशिको वार्षिक राशिफल । मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) केही अभाव र संघषका बाबजुत प्रख्याति बढ्ने छ । पारिश्रमिक कार्यमा सफलता मिल्ने छ । वाणिदोषको गोचर योग भएकोले बोली व्यवहारमा भने संयम अप्नाउनु बुद्धिमानी हुनेछ । गरिएका कारोबार उल्टिन सक्ने भय पनि देखिएकोले काम भयो भनेर ढुक्क नहुनु राम्रो हुनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आफूले सक्ने सम्मको ग्रह उपचार जन्य उपाय अपनाउनाले नोकरीमा पदोन्नति प्राप्त गर्न सकिने छ । नोकरीको पर्खाईमा रहेकाले जाग...